
काठमाडौं । नेकपा (एमाले) को गण्डकी प्रदेशको नयाँ नेतृत्व चयलका लागि बुधबर मतदान हुँदैछ ।
एमाले गण्डकीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै नयाँ नेतृत्व चयनका लागि बुधबार दिउँसो १ बजेदेखि चुनाव हुने जनाएको हो ।
प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बुधबार बिहान १० बजे उम्मेदवारी फिर्ता लिने समय दिईने र दिउँसो १ बजेदेखि चुनाव हुने जानकारी दिनुभएको हो । एमाले गण्डकीमा नयाँ नेतृत्व सहमतिमा चुनिने सम्भावना न्यून छ ।
गण्डकीमा पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङ (पि.एस) र स्थायी कमिटी सदस्य खगराज अधिकारी (के.आर)को दुई समूहबीच टकराव छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीद्वय गुरुङ र अधिकारीबीचको लडाईले प्रदेश अधिवेशनलाई निर्वाचनतर्फ धकेलेको हो ।
उपमहासचिव गुरुङलाई एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलको साथ छ भने पूर्व संगठन विभाग प्रमुख अधिकारीलाई महासचिव शंकर पोखरेलको साथ छ ।
गुरुङ समूहले नवराज शर्मालाई प्रदेश अध्यक्षमा अगाडि बढाउँदा अधिकारी समुहबाट मायानाथ अधिकारी अध्यक्षमा उठ्दैछन् ।
प्रतिक्रिया दिनुहोस्