११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


काठमाडौं महानगरपालिकाद्वारा ‘ए’ डिभिजन क्लबहरुलाई आर्थिक सहयोग


0
Shares

काठमाडौं, भदौ २५ । काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रका ‘ए’ डिभिजन फुटबल क्लबहरुलाई आर्थिक सहयोग गरेको छ ।

सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा महानगरले काठमाडौंका ६ ओटा ‘ए’ डिभिजन क्लबलाई अनुदान रकम हस्तान्तरण गरेको हो ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले ती क्लबलाई जनही ९ लाख ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

राष्ट्रिय खेलकुदमा योगदान पुर्‍याएको भन्दै महानगरले क्लबहरुलाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।

महानगरको आर्थिक सहयोग पाउने क्लबहरुमा ‘ए’ डिभिजनका मच्छिन्द्र, संकटा, एनआरटी, हिमालयन शेर्पा, सरस्वती र मनाङ–मर्स्याङ्दी क्लब रहेका छन् ।