 
	    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कार्यकर्ताले केन्द्रिय सभापति आफैं चुन्न खोजेको हो भने सोही अनुसारको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित १४ औं महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै नेता पौडेलले यस्तो बताउनुभएको । उहाँले कार्यकर्ताले पार्टीको नेतृत्वले प्रत्यक्षमा वा समानुपातिकमा जसलाई टिकट दिन्छ, त्यसलाई सधैँभर थोपर्छ, अन्याय गर्छ भन्ने लाग्ने हो भने पार्टीभित्र प्राइमरी इलेक्शनको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
नेता पौडेलले पार्टीका आम कार्यकर्ताले चुनेको मतदान गरेर चुनावमा उठ्न योग्य छ भन्ने व्यक्तिमात्रै उम्मेदवार हुन पाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई मासवेस पार्टीमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले एकै प्रकारको सदस्यता बनाएर जम्मा सदस्यहरुले केन्द्रिय सभापति चुन्ने व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।
नेता पौडेलले कांग्रेसलाई मासवेस पार्टीका रुपमा रुपान्तरित गर्न जरुरी रहेको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्