Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


845
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि आज बिहान अध्यक्ष ओली बालुवाटार पुगेर भेटवार्ता गर्नुभएको हो ।

ओली, उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौलासहित बालुवाटार पुग्नु भएकाे थियाे । छलफलमा उपप्रधानमन्त्री समेत रहनुभएका नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे पनि हुनुहुन्थ्याे

एमालेले सुन तस्कारी छानबिन समिति गठनमा सरकारले धोका दिएको भन्दै आइतबारदेखि सुरु हुने संसद बैठक अबरोध गर्ने चेतावनी दिएसँगै यसै विष्यमा छलफल गर्न प्रधामन्त्रीले ओलीसहित एमाले नेताहरूसँग छलफल गर्नुभएको हो ।