१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


कांग्रेस संखुवासभाका सभापति खड्काद्वारा राजीनामा


2.418k
Shares

काठमाडौं । नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिनुभएको छ ।

कांग्रेसको १४औं महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले बुधबार राजीनामा दिनुभएको हो ।

खड्काले पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको हो ।

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सङ्खुवासभाबाट निर्वाचित खड्काले प्रतिनिधिसभा सदस्य भएपछि काठमाडौंमा धेरै समय बिताउनुपर्ने र जिल्लाको पार्टी संगठनलाई पर्याप्त समय दिन नसकेको भन्दै राजीनामा दिनुभएको हो । उहाँले आफू जिल्ला सभापति पदमा नरहे पनि अब बन्ने सभापतिलाई सहयोग गर्दै पार्टी र जनाताको काममा क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।