काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्नुभएको छ ।
दाहाल चीनको छिङछोङ शहरबाट आज ल्हासा पुग्नुभएको हो । उहाँलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनिया कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाली महावाणिज्यदूतको कार्यालयमा आयोजना हुने अन्तरक्रियामा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने पनि कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री दाहाल आज ल्हासामै बस्ने कार्यक्रम तय भएको जानकारी गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्