४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


सिरियामा सरकार समर्थित लडाकू समूह र कुर्द नेतृत्वको सेनाबीच पुनः झडप


208
Shares

एजेन्सी । सिरियामा सरकार समर्थित लडाकू समूह र कुर्द नेतृत्वको सेनाबीच भीषण झडप भएको छ ।

पूर्वी सिरियाको अरब जिल्लामा दुई दिनसम्म भएको झडपमा २५ जनाको मृत्यु भएको हो । अमेरिकाको समर्थन पाएका कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले सोमबार भएकोे झडपमा उनीहरु मारिएका हुन् ।

यसै महिनाको प्रारम्भमा सोही क्षेत्रमा एसडीएफ र सशस्त्र अरब जनजातिबीच १० दिनसम्म भएको झडपमा ९० जनाले ज्यान गुमाएका थिए ।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सिरिया सरकार समर्थक लडाकुहरूले युफ्रेटिस नदी पार गर्दा पछिल्लो झडप भएको हो ।