Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


अफ्रिकी मुलुक नाइजरबाट आफ्ना सेना फिर्ता गर्ने फ्रान्सको घोषणा


975
Shares

एजेन्सी । फ्रान्सले अफ्रिकी मुलुक नाइजरबाट आफना राजदुत र सेना फिर्ता गर्ने निर्णय गरेको छ ।

नाइजरमा राष्ट्रपति मोहमद बाजुमलाई सत्ताच्युत गर्दै सेनाले सत्ता हत्याएपछि फ्रान्सले सेना र राजदुत फिर्ता गर्ने निर्णय गरेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले जानकारी गराउनुभयो ।

फ्रान्सको एक टेलिभिजनलाई आइतबार अन्तर्वाता दिने क्रममा राष्ट्रपति म्याक्रोंले फ्रान्सका राजदुतलाई नाइजरमा बन्धक बनाएको बताउँदै नाइजरका लागि फ्रान्सेली सैन्य सहयोग समाप्त भएको घोषणा गर्दै आगामी वर्षसम्म सबै फ्रान्सेली सेना फिर्ता हुने जानकारी समेत दिनुभयो ।

नाइजरमा १५ सय फ्रान्सेली सेना रहेका छन् । यसअघि नाइजरको राजधानी नियामीमा रहेको फ्रान्सेली सैन्य शिविरमा हाजारौं मानिसहरुले प्रदर्शन गरेका थिए । फ्रान्सले बिद्रोहलाई मान्यता दिन अस्वीकार गरेको भन्दै सेना समर्थकहरुले प्रर्दशन गरेका हुन् । उनीहरुले फ्रान्सेली राजदुत र सेनालाई फिर्ता जान दबाब दिंदै प्रदर्शन गरेका हुन् ।

यसअघी माली र बुर्किना फासोबाट पनि फ्रान्सेली सेना फिर्ता गर्न दबाब परेको थियो ।