Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


प्रधानमन्त्री दाहाल र चिनियाँ प्रधानमन्त्री छ्याङबीच भेटवार्ता


117
Shares

काठमाडौं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भेटवार्ता भएको छ ।

चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा स्थानीय समयअनुसार बिहान ११ बजे दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लीले ग्रेट हल अफ दि पिपुलमा स्वागत गर्नुभएको थियो ।

द्विपक्षीय भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचार विमर्श भएको बुझिएको छ ।

गत शनिबार न्युयोर्कबाट चीनको हाङचउ पुग्नु भएका प्रधानमन्त्री दाहालले त्यही दिन चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्नुभएको थियो ।