२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


डा. अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक लोकार्पण


806
Shares

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले लेख्नुभएको ‘जीवन्त सम्बन्ध’ नामक पुस्तक लोकापर्ण गरिएको छ ।

समीक्षा पब्लिकेसन्सले प्रकाशनमा ल्याएको यस पुस्तकको शुक्रबार राजधानीमा एक कार्यक्रमबीच डा. ओम मूर्ति अनिलकी आमा राजकुमारी देवी सिंहले लोकार्पण गर्नुभएको हो ।

यस पुस्तकभित्र ५३ वटा जीवनोपयोगी खण्ड समावेश छन् । पुस्तकमा जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, पारिवारिक दायित्वका विषयमा उल्लेख छ । यस अवसरमा पुस्तकका स्रष्टा डा. अनिलले पुस्तकका बारे जानकारी गराउँदै पुस्तकले सम्बन्ध बुभ्न सघाउने र सम्बन्ध बुझ्न भनेको जीवनको सार्थक गन्तब्य पहिचान गर्नु रहेकोे उल्लेख गर्नुभयो ।

कार्यक्रममा आइओएमका पूर्वडीन प्रा.डा.जगदीशप्रसाद अग्रवाल, बरिण्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलगायतले पुस्तकबारे चर्चा गर्दै पुस्तक जीवनोपयोगी भएको बताउनुभएको थियो । पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका लागि डा. ओम फाउण्डेसनमार्फत् खर्च गरिने जनाइएको छ ।