१४ आश्विन २०८०, आइतबार | Sun Oct 1 2023


नाडा अटो शोमा ७६ हजार बढीले गरे अवलोकन


520
Shares

काठमाडौं । नाडा अटो शो २०२३ उत्साहजनक रुपमा सम्पन्न भएको आयोजकले जनाएका छन् ।

अटो शोको ७६ हजार बढीले अबलोकन गरेका आयोजक नाडा अटोमोबाइल्स एशोसिएन नेपालले जनाएको हो ।

अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी निकै भब्य रुपमा सम्पन्न भएको आयोजकको दाबी छ । थुप्रै नयाँ ब्रान्डका सवारी साधनहरुका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो ।

यो अटो शो बिगतमा भन्दा निकै भब्य र बृहत भएको अबलोकनकर्ताहरुले समेत टिप्पणी गरेका बताइएको छ । देशमा चलेको आर्थिक मन्दीका बावजुद आयोजना गरिएको यो अटो शो देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको समेत आयोजकको दाबी छ ।

शोमा उल्लेख्य परिमाण बराबर कारोबार भएको जनाइएको छ ।