२० मंसिर २०८०, बुधबार | Thu Dec 7 2023


वरिष्ठ डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक आउँदै


429
Shares

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले ‘जीवन्त सम्बन्ध’ नामक पुस्तक लेख्नुभएको छ ।

समीक्षा पब्लिकेसन्सले प्रकाशनमा ल्याउन लागेको उक्त पुस्तकको आवरण पृष्ठ सार्वजनिक कार्यक्रममा पुस्तकभित्र ५३ वटा जीवनोपयोगी खण्ड समावेश भएको जानकारी दिइएको छ ।

पुस्तकमा जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, पारिवारिक दायित्वका विषयमा उल्लेख छ । उक्त अवसरमा पुस्तकका स्रष्टा डा. अनिलले पुस्तकबाट प्राप्त हुने सहयोग असहाय वृद्धवृद्धाका लागि उपयोग गर्ने योजना रहेको जानकारी दिनुभयो ।

आगामी असोज ५ गते बजारमा आउने उक्त पुस्तक अनलाइनबाट बुकिङ गरी घरमै मगाउन सकिने बताइएको छ ।