११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


सिकलसेल एनिमिया दिवस मनाइयो


0
Shares

काठमाडौं, असार ५ । विश्व सिकलसेल एनिमिया दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

शरीरका रक्तकोसिकामा हुने जैविक रोग सिकलसेल एनिमिया दिवस विश्वमा सन् २००८ देखि मनाउन थालेपनि नेपालमा भने पहिलोपटक मनाइएको हो ।

नेपालमा थारु समुदायमा बढी देखिएको यो रोग बाँके, बर्दिया, दाङलगायतका जिल्लामा बढी देखिएको छ ।

शरीरमा रक्तकोसिका कम उत्पादन हुने यस रोगबारे नेपाल सरकारले बर्दिया जिल्लाका १ देखि २९ वर्ष उमेर समूहका २० हजार मानिसमा अनुसन्धानसमेत गरेको छ ।

एकपटक शरीरमा यो प्रणाली विकास भएपछि १ देखि ५० वर्षसम्म जुनसुकै समयमा रोगको लक्षण देखापर्न सक्छ ।

सिकलसेल एनिमिया भएको बिरामीको शरीरमा रक्तकोष हँसिया आकारमा विकास हुन्छ भने त्यसको आयु जम्मा १० देखि १२ दिनसम्ममात्र हुन्छ । जसका कारण बिरामीको शरीर दुख्ने र मुटु, फोेक्सो, फियो तथा मष्तिस्कलगायतमा समस्या देखापर्ने चिकित्सकहरुले जनाएका छन् ।

नेपाल सरकारले सिकलसेल एनिमिया भएका बिरामीलाई एक लाख रुपैयाँसम्मको उपचार सुविधा दिँदै आएको छ ।

बिरामी पहिचान गरी उपचार गर्ने र सिकलसेल एनिमिया भएका व्यक्तिबाट सन्तान जन्माउन रोक्न सकिएमा रोग फैलनबाट रोक्नसकिने चिकित्सकहरुले भनाइ छ ।