
काठमाडौं । युरोकप छनोट फुटबलमा गएराति इटालीले युक्रेनलाई २–१ ले हराएको छ ।
अघिल्लो खेलमा उत्तरी मेसेडोनियासँग बराबरीमा रोकिएपछि संकटमा परेको इटालीलाई गएरातिको जितले राहत मिलेको छ । यही समूहको अर्को खेलमा उत्तरी मेसेडोनियाले माल्टालाई २–० ले हरायो । गएरातिका खेलहरुपछि समुह ‘सि’ मा ५ खेलबाट १३ अंक जोडेको इंग्ल्याण्ड शीर्ष स्थानमा रहँदा इटाली, युक्रेन र उत्तरी मेसेडोनियाको समान ७–७ अंक छ ।
युरोकप छनोटकै समुह ‘ए’ का खेलहरुमा गएराति स्पेनले साइप्रसलाई ६–० ले हराउँदा नर्वेले जर्जियामाथि २–१ को जित निकाल्यो । यो समुहमा ५ खेलबाट स्कटल्याण्डको १३ अंक छ भने ४ खेलबाट ९ अंक जोडेको स्पेन दोस्रो तथा ५ खेलबाट ७ अंक जोडेको नर्वे तेस्रो स्थानमा रहेको छ ।
उता समुह एफ को खेलमा बेल्जीयमले इस्टोनियालाई ५–० ले हराउँदा अष्ट्रियाले स्विडेनलाई उसैको मैदानमा ३–१ ले पराजित ग¥यो ।
प्रतिक्रिया दिनुहोस्