२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


युरोकप फुटबल छनौटमा नेदरल्याण्ड्सद्वारा आयरल्याण्ड पराजित


494
Shares

काठमाडौं । युरोकप फुटबल छनौट खेलमा आइतबार राति नेदरल्याण्ड्सले रिपब्लीक अफ आयरल्याण्डलाई २–१ ले हराएको छ ।

जितसँगै नेदरल्यण्ड्सले युरोकप छनौट समुह बि मा ४ खेलबाट ९ अंक जोडेको छ । ५ खेलबाट १५ अंक जोडेको फ्रान्स शिर्ष स्थानमा रहँदा तेस्रो स्थानको ग्रिसको पनि ९ अंक छ ।

युरोकप फुटबलकै अर्को खेलमा डेनमार्कले फिनल्याण्डलाई १–० ले हराउँदा अल्बानियाले पोल्याण्डमाथि २–० को जित निकाल्यो । यसैगरी सर्वियानले लिथुआनियालाई ३–१ ले पराजित गर्दा स्लोभेनियाले सान मारिेनोलाई ४–१ ले हराएको छ ।

आइतबार राति मोन्टेनेग्रोले बुल्गेरियालाई २–१ ले हराउँदा काजखस्तानले उत्तरी आयरल्याण्डलाई १–० ले पराजित गर्‍यो ।