१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


१९ औं एसियाडको टर्च र्‍याली ११ शहरमा परिक्रमा गराइँदै


299
Shares

एजेन्सी । चीनको हानझाउमा शहरमा आयोजना हुने १९ औं एसियाडको १५ दिनको काउन्ट डाउनसँगै गत शुक्रवारबाट टर्च र्‍याली यात्रा पनि सुरु भइसकेको छ ।

चीनको पूर्व क्षेत्र झेजियाङ प्रान्तस्थित हानझाउ शहरबाट उक्त टर्च र्‍याली सुरु भएको हो ।

एसियाडको आयोजकको अनुसार उक्त झेजियाङ प्रान्तका ११ शहर हुझु, जियाजिङ, साउझिङ, निङ्बो, झौसान,ताइझाउ, वेनझाउ, लिसुइ, जिनहुवा र कुझाउ हुँदै पुनः हानझाउमा नै उक्त टर्च र्‍याली आइपुग्नेछ । सो टोली आगामी सेप्टेम्बर २० मा टर्च र्‍याली लिएर उद्घाटन हुने स्थान हानझाउ पुग्नेछ । सो टर्च र्‍यालीमा १४ वर्षदेखि ८४ वर्षसम्म दुई हजारभन्दा बढी टर्चबाहक हुनेछन् । एसियाडमा काँस्य विजेता बक्सर दीपक महर्जनले पनि सो टर्च बोक्नेछन् ।

आगामी सेप्टेम्बर २३ मा हानझाउ शहरमा १९औं एसियाडको एक औपचारिक भव्य समारोहका बीच उद्घाटन हुँदैछ । सो एसियाडमा ४५ राष्ट्रका १२ हजार ५० खेलाडीले चुनौति प्रश्तुत गर्दैछन् । नेपालको तर्फबाट भने २९ खेलमा दुई २३ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

नेपालले एसियाडका लागि सेफ दी मिसन राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र डेपुटी सेफ दी राखेपमा बोर्ड सदस्य अञ्जन धमलालाई बनाउने तयारी गरिरहेको छ । आगामी भदौ २८ गते राखेपको बोर्ड बैठक पश्चात नेपाल ओलम्पिक कमिटीको प्रतिनिधिसहित सेफ दी मिसनको टोली चीन जाने तयारीमा छ ।