२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


नागरिक उड्डयन प्राधिकरणले ल्यायो बजेट


377
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ का लागि साढे ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको छ ।

यस आर्थिक वर्ष (आव) मा सो बराबरको स्रोत प्राप्त हुने र खर्च भने ३६ अर्ब ६६ करोड २ लाख रुपैयाँ हुने प्राधिकरणको अनुमान छ । यसबाट ६२ लाख रुपैयाँ खुद बचत हुने अनुमान गरिएको छ । प्राधिकरणले अघिल्लो आवको पेश्की मौज्दात र बैंक मौज्दातलाई समेत यस आवको स्रोतका रुपमा उल्लेख गरेको छ । प्राधिकरणले यस आवमा १५ अर्ब ८८ करोड २५ लाख रुपैयाँ आम्दानी गर्ने बताएको छ । ऋण/सेयर लगानीका रुपमा ६ अर्ब ६४ करोड रुपैयाँ प्राप्त हुने अनुमान प्राधिकरणले गरेको छ ।
प्राधिकरणले १९ अर्ब ३ करोड ८८ लाख रुपैयाँ पूँजीगत खर्च गर्ने भएको छ । कर्मचारी खर्चमा २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यसञ्चालन खर्च ४ अर्ब ३४ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । कर्मचारीको बोनसमा ५ करोड ८९ रुपैयाँ विनियोजन गरिएको छ ।