
काठमाडौ । ललितपुरमा अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।
ज्यापु समाज यलको ३० औं बार्षिक साधारण सभाको उपलक्षमा संस्थापक अध्यक्ष स्वर्गीय अवाले स्मृती प्रथम अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता २०८० गर्न लागेको समाजले जनाएको हो ।
आगामी भदौ २० देखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ४ विधामा प्रतिस्पर्धा हुँदैछ । मेन्स डबल, भेट्रान्स डबल, अण्डर सेभेन्टिन ब्याईज र अण्डर सेभेन्टिन गल्स गरी चार विधामा प्रतिस्पर्धा गराउन लागिएको समाजले जनाएको छ ।
आफ्नो स्वास्थ्य आफ्नो हातमा भन्ने भनाई अबलम्बन गर्दै युवाको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्