Logo १२ कार्तिक २०८२, बुधबार | Thu Oct 30 2025


अभिनेत्री निरुताले गरिन् विवाह


28.5k
Shares

काठमाडौं । अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् ।

उनले आफूले मुम्बई निवासी सञ्जीव गुलाटीसँग विवाह गरेको कुरा फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै बताएकी हुन् ।

आफूलाई विवाह कहिले गर्ने भन्ने धेरै प्रश्न आएको भन्दै उनले गत बिहीबार अर्थात ३१ अगस्टमा विवाह गरेको बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर परिवार, आफ़न्त तथा छर छिमेकहरु, मेरा चलचित्रकर्मी साथीभाई अनि अग्रज व्यक्तित्वहरु, बिभिन्न माध्यमका संचारकर्मीहरुलगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरुको यतीका वर्ष देखीको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुदैन थियो । त्यो हो ‘निरुताजी बिहें कहिले गर्ने ?’ भन्ने प्रश्न ‘आज तेसै प्रश्नको जवाब दिन गई रहेको छु ‘।

उनले सामाजिक सञ्जालमा थप्दै लेखेकी छिन्, तपाईहरुको निरुता सिंहले गत बिहिबारका दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाठो जोड़ेको छ । हजुरहरु सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु । चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै माया ।’