Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


बलात्कारमा संलग्न ८ जना पक्राउ


0
Shares

ईलाम, भदौ २४ । ईलाम जिल्लाको देउमाई नगरपालिका–९ पारीगाउँबाट प्रहरीले शनिबार जबरजस्ती करणी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । उनीहरुले १३ बर्षीया बालिकालाई बलात्कार गरेको पीडित बालिकाका हजुरबुवाको किटानी जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा देउमाई नगरपालिका–९ पारीगाँउ बस्ने बर्ष ५४ को ढुण्डीराज गिरी, बर्ष १९ को हप्पे भन्ने राजेश लिम्बु, वर्ष १९ को शान्ताहाङ पत्र लिम्बु, वर्ष १९ को कान्छा भन्ने कुसाङ पत्रे लिम्बु, वर्ष ३५ को वीरबहादुर खजुम लिम्बु, वर्ष ५० को जेमिरे कान्छा भन्ने रामबहादुर लिम्बु, वर्ष ६० को भिमचन्द्र लिङदेन लिम्बु र बर्ष १९ को मिलन साँवा लिम्बु छन् ।

उनीहरुले गत वैशाखदेखि आफ्नो नावालिक नातिनीलाई पटक–पटक जबरजस्ती करणी गरी फरार रहेका भन्ने बालिकाको हजुरबुबाको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरी टोलीले ८ जनालाई  नै पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका ब्यक्तिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ईलाम पठाईएको उक्त कार्यालयले जनाएको छ ।