१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


बौद्ध ग्रन्थमा संस्कृत महात्म्य


3.588k
Shares

काठमाडौं । विश्वसंस्कृतदिनम्, आज विश्व संस्कृत दिवस, प्राचीन प्रौढ संस्कृतमा पनि हाम्रा पूर्वीय दर्शन र धर्म ग्रन्थहरु लेखिएका छन् ।

बैदिक साहित्य र ग्रन्थहरु मात्र होइन, महायानी र वज्रयानी बौद्ध ग्रन्थ र मन्त्रहरु समेत संस्कृतमा लेखिएको छ ।

आर्य अद्धयशतिका प्रज्ञापारमिता सूत्रम्
नमो भगवत्यै आर्यप्रज्ञापारमितायै।।
एवं मया श्रुतम्।

एकस्मिन् समये भगवान् राजगृहे विहरतिस्म गृध्रकूटे पर्वते महता भिक्षुसंघेन सार्धमर्धत्रयोदशभिर्भि क्षुशतैरनेकैर्ब्रह्मशक्रलोकपालैर्देव नागयक्षगन्धर्वासुरगरूडकिन्नरमहोरगैरूपासकोपासिकाभिः सार्धम्।

यी माथिका संस्कृत शब्दहरु बौद्ध ग्रन्थ प्रज्ञापारमितासूत्र हो । तथागत गौतम बुद्धबाट देशना गर्नु भएको उपदेशहरुको संग्रह महायानमा संस्कृत भाषा संग्रहित गरिएका छन्। महायान र बज्रयानको विकासक्रमसँगै बौद्ध ग्रन्थ र साहित्य संस्कृतमा लेखिएको थियो । यी यानका विभिन्न महाशिद्ध र बौद्ध विद्वानहरुले ग्रन्थ संस्कृतमा लेखेर धर्मलाई चिरस्थायी बनाउन ठूलो योगदान गर्नुभएको थियो। पहिलो शताव्दीका बौद्ध भिक्षु नार्गाजुन र छैठांै शताव्दीका गुरु पद्यसंम्भव लगायतले महायान र बज्रयान दर्शन तत्कालीन विश्वमा फैलाएका थिए ।

धेरै जसो ग्रन्थहरु नेपालमा समेत लेखिएको इतिहास रहेको छ । सुन र चाँदीबाट संस्कृतमा लेखिएको प्राचिन प्रज्ञापारमिता लगायतका ग्रन्थहरु हालसम्म पनि विभिन्न बहाबहिलमा सुरक्षित रहनुकासाथै दैनिक रुपमा पाठ समेत गरिन्छ । यही संस्कृतका ग्रन्थ पछि नेपाल भाषामा समेत अनुवाद गरेर सुरक्षित गरिएको थियो ।

यीनलाई भोट भाषामा समेत अनुवाद गरिएको थियो। तिब्बतमा भोट भाषा र नेपालमा नेपाल भाषामा समेत अनुवाद गरेर सुरक्षित रहेका ग्रन्थ अहिले नेपाली भाषामा अनुवाद भईरहेको छ । ९ दशक उमेर काटिसकेका धर्मोपासक बौद्ध विद्वान गुह्येश्वरीराज मानन्धरले यसलाई निरन्तरता दिइरहनुभएकोछ । महायान र बज्रयान बौद्ध धर्मको ग्रन्थ प्राचिनकालमा संस्कृतमा लेखिएको उहाँको भनाई छ । जसको मुख्य दर्शन नै शुन्यबाद हो। उहाँले हालसम्म करिव ३ दर्जन बौद्ध ग्रन्थ अनुवाद गरिसक्नुभएको छ । दोमाङ्, सद्धर्म चिन्तामणि मोक्ष रत्नालंकार, बुद्ध धर्म श्रवनार्थ अभ्यर्थना र महामुद्रा नितार्थ प्रदीप र मध्यमकावतार भाष्य लगायत ग्रन्थ उहाँले भोट भाषावाट नेपालीमा अनुवाद गरि प्रकाशन समेत गरिसक्नुभएको छ। जुन पहिले प्रौढ संस्कृत भाषामा नै थियो। नेपालमा रहेका लिच्छवीकालिन अभिलेखहरु समेत प्रौढ संस्कृत भाषामा लेखिएको छ ।

अहिले मृत भाषा मानिएका संस्कृत महायान र बज्रयान ग्रन्थमा होस् या लिच्छवीकालिन शिलालेखमा जीवितै रहेका छन् । त्यसैले यस्तो ऐतिहासिक र पुरातात्विक सम्पदालाई जान्न र बुझन पनि संस्कृत भाषालाई संरक्षण गर्न आवश्यक देखिन्छ ।

यः संस्कृतस्य भुवने प्रततिं करोति
सम्पादनेन वचसां गुरुवागराणाम् ।
शिष्यादिचोदकतया प्रतिभाग्निदीपी
भूयान्निरामयतमो निजसाधनाय ।।