१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024


एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित


5.876k
Shares

काठमाडौं । एसिया कप क्रिकेटमा प्रतियोगितामा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ ।

बुधबार पाकिस्तानमा भएको उदघाटन खेलमा नेपाल र पाकिस्तानसँग पराजित भएको हो । मुल्तान क्रिकेट मैदानमा टस जितेर पाकिस्तानले पहिले ब्याटिङ रोजेको थियो । नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।नेपालले यही खेलमार्फत एसिया कपका डेब्यू गरेको हो । नेपाली क्रिकेट टोलीले पहिलो पटक पाकिस्तानसँग खेलेको हो ।

६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले अर्को खेल भदौ १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ । प्रतियोगिता भदौ ३१ गतेसम्म चल्नेछ ।