
काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) को तदर्थ समिति घोषणा भएको छ ।
स्वतन्त्र शैक्षिक परामर्शदाता संघ नेपाल (फेकोन) फुटेर गठन भएको एप्क्यानको तदर्थ समितिको घोषणा गरिएको हो ।
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी प्रज्जवल बस्नेतको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको जानकारी गराइएको हो । समितिको सदस्यहरुमा हेमन्तराज दुलाल, अर्जुनकुमार बस्नेत, अनिल शर्मा, अमित खड्का, दीपा लामिछाने, दिनेश न्यौपाने, प्रज्वल खत्री, रमेश भट्टराई, मदन उप्रेती र नरेश सेढार्इं रहनुभएको छ ।
तदर्थ समितिका संयोजक बस्नेतले फेकोनले मनोमानी ढंगले संस्थाको गतिविधि गरेपछि बाध्य भएर नयाँ संस्था स्थापना गर्नुपरेको बताउनुभयो । उहाँले संस्थाको पारदर्शितामाथि प्रश्न उठाउँदा आफूहरुलाई गलत बनाइएको बताउनुभयो ।
संयोजक बस्नेतले संस्थाका सदस्यहरुलाई समेत गुमराहमा पार्ने गरिएको र सहयोग नभएपछि बाध्यतावश नयाँ संस्था स्थापना गर्नुपरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्