Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


कोशीमा जातीय सद्भाव बिथोल्ने काम सरकारले नै गरिरहेको एमाले सांसद न्यौपानेको आरोप


507
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाउनुभएको छ ।

आईतवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पुर्‍याउने खालका गतिविधि गरिरहेको उल्लेख गर्दै तत्काल त्यस्ता खालका गतिविधिलाई नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

सांसद न्यौपानेले बहुजात, बहुधर्म, बहुसंस्कृति नेपालको पहिचान भएपनि त्यसमाथि खलल पुर्‍याउने काम सत्तारुढ गठबन्धनबाटै हुनु मुलुकको लागि दुःखद् भएको समेत बताउनु भयो । उहाँले जातजातका बीचमा लडाएर मुलुकलाई अराजकतातिर धकेल्ने काम कसैले पनि गर्न नहुने बताउनु भयो ।

सांसद न्यौपानेले संविधान विपरित गएर सत्तारुढ गठबन्धनले कोशी प्रदेश सरकार निर्माण गर्ने काम गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।