Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


सिन्धुलीमा बाढीले बगाएर बेपत्ता भएका आमाछोराको शव फेला


871
Shares

सिन्धुली । अविरल वर्षाका कारण आएको बाढीले बगाएर बेपत्ता भएका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ रागेचुरीका आमाछोराको शव फेला परेको छ ।

घाँस काटेर घर फर्कंदै गर्दा स्थानीय खड्कुले खोला पार गर्ने क्रममा तीन दिनअघि उनीहरु बेपत्ता भएका थिए । २८ वर्षीय छोरा राजकुमार गोलेको शव हरिहरपुरगढी गाउँपालिका–६ को क्यानखोला र खड्कुले खोलाको दोभानमा फेला परेको हो भने ५७ वर्षीया आमा मायाकुमारी गोलेको शव रौतहटको बागमती किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, एक सातादेखिको वर्षासँगैको बाढी–पहिरोले जिल्लाका मुख्य राजमार्ग, ग्रामीण सडक, निजि घर, विद्यालय तथा सरकारी भवनमा क्षति पुर्‍याएको छ ।

वर्षाका कारण कमला नदीको जल सतह बढ्ने, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन–स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यसैगरि सिन्धुलीको कमला र मरिणनदीको बाढीले खेतीयोग्य जमिन कटान गरिरहेको छ ।