Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


फ्रान्समा अब १७ वर्षमै ड्राइभिङ लाइसेन्स पाइने


78
Shares

एजेन्सी । फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाहरुले ड्राइभिङ लाइसेन्स लिन पाउने घोषणा गरेको छ ।

यसअघि ड्राइभिङ लाइसेन्सका लागि न्युनतम उमेर १८ वर्ष रहेको थियो । यसले युवाहरुलाई राम्रो हुने सरकारको भनाइ छ । तर विज्ञहरुले भने यो उमेर कोही पनि व्यक्तिलाई स्वतन्त्र रुपमा सवारी चलाउन दिने उमेर हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सडक दुर्घटनामा १८ देखि २४ वर्ष उमेर समूहका युवाहरु बढी पर्ने गरेको कुरालाई मध्यनजर गरी फ्रान्सेली प्रधानमन्त्री एलिजावेथ बोर्नले ड्राइभिङ लाइसेन्स प्राप्तिका लागि आवश्यक मापदण्डहरुमा उच्चस्तरको ध्यान दिने प्रतिवद्धता जनाए ।

फ्रान्सका ड्राइभिङ प्रशिक्षक इसाक बेलिनले सबै ट्राफिक दुर्घटनाहरुको एक चौथाइ दुई वर्ष भन्दा कम ड्राइभिङ अनुभव भएका मानिसहरुका कारण हुने गरेको बताए

युवाहरुमा आत्मविश्वास बढाउनसके यस्ता दुर्घटना कम हुँदै जाने बताए ।