Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


जताततै पानी तर, छैन खानेपानी


221
Shares

काठमाडौं । बर्खायामसँगै बाढीपहिरोको जोखिमका कारण असार पहिलो सातादेखि मेलम्ची खानेपानी बन्द हुँदा उपत्यकामा खानेपानीको संकट गहिरिएको छ।

आकासे पानी, खोलानालाको बाढी र अव्यवस्थित निकासले राजधानीमा अहिले पानी यत्रतत्र रहे पनि खानेपानीका लागि राजधानीवासी काकाकुल बन्न बाध्य छन्।

यो परिदृश्य समुद्रको नुनिलो पानी सेवन गर्न नमिल्ने प्रसंगसँग जोडेर सुन्दै आएको कवि स्यामुअल टेलर कलरिजको चर्चित कवितांशले भनेजस्तै स्थिति छ– वाटर वाटर एभ्रिह्वेयर एन्ड नर अ ड्रप टु ड्रिङ्क (‘पानी पानी जताततै पानी, पिउन एक थोपा छैन’)।मेलम्चीमा सम्बद्ध अधिकारीका अनुसार वर्षाको भेल र बगेर आउने गेग्रानले हेडवक्र्समा क्षति पुर्याउन सक्ने भएकाले पानीको सुरुङ बन्द गरिएको हो।

खानेपानीको कुल माग ४७ करोड लिटर रहेको उपत्यकाले बर्खायाममा मात्र २२ करोड लिटर खानेपानी पाउँछ। अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले बर्खायामको अन्डरग्राउन्ड र भूसतहको दुवै गरी दैनिक २१/२२ करोड लिटर पानी उपलब्ध गराउँदै आइरहेको छ।

केयुकेएलका म्यानेजर प्रकाशकुमार राईका अनुसार केयुकेएलले परम्परागत पानीको स्रोतबाट १६/१७ करोड लिटर र सुन्दरीजललगायत क्षेत्रबाट थप साढे ५ करोड लिटर पानी उपलब्ध गराउँदै आइरहेको छ।

यो समाचार आजको नागिरक दैनिकमा प्रकाशित छ ।