
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देशमा धार्मिक तथा जातिय द्वन्द्व हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले देशभित्र राष्ट्रिय जनावर गाईलाई काटेर भोज भतेर गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सो घटना बाहिरी प्रभावबाट भएको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो । सांसद सिंहले यसप्रति सरकारले कुनै प्रतिक्रिया नदिएको भन्दै यही निउँमा धार्मिक र जातिय द्वन्द्व हुनसक्नेतर्फ सचेत गराउनु भयो ।
उहाँले देशमा धार्मिक तथा जातिय द्वन्द्व भएमा जनयुद्धमा भन्दा धेरै मान्छे काटिने उल्लेख गर्दै त्यस्तो हुन दिनु नहुने बताउनु भयो ।उहाँले गाई काट्नेहरुलाई कानूनी कारबाही गर्न माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्