३० असार २०८२, सोमबार | Mon Jul 14 2025


राप्रपा नेपालको केन्द्रीय समिति बैठक शुरु


273
Shares

काठमाडौं । आज बिहिबारदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको केन्द्रिय कार्यसमितिको बैठक शुरु भएको छ ।

बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा तय गर्ने बताइएको छ । बैठकमा राजसंस्था सम्बन्धि पार्टीको धारणा तयार गर्न गठित समितिको प्रतिबेदन समितिका संयोजक प्रा.डा. बिष्णु भण्डारीले प्रस्तुत गर्नुभएको छ । अहिले बर्तमान परिस्थिति एबं पार्टीको बैचारिक ,सांगठनिक एबं रणनीतिक कार्यदिशा र कार्ययोजनाबारे अध्यक्ष कमल थापाले कार्यपत्र प्रस्तुत गरिरहनुभएको छ ।

यसैगरी बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन प्रस्तुत हुने बताइएको छ ।