
काठमाडौं । सामाखुशीको एक पार्टी प्यालेसमा शनिबार तीजको अलग्गै रौनक देखियो । तीजको भाका र एरोविक्स डान्स विधिमा कम्मर मर्काउँदै करिब डेढसय सहभागीहरुले बेग्लै मजा लिए ।
यस्तो अवसर जुराइदिएको थियो एन डी एरोविक्स र स्टार कलिउडको टिमले । एनडी एरोविक्सका प्रशिक्षक तथा चर्चित मोडल नयन डिसी तथा स्टार कलिउडका संस्थापक तथा निर्देशक भुवन लामाले तीजका भाकामा मात्र होइन एरोबिक्स डान्समा पनि सहभागीहरुलाई भरपुर मनोरन्जन प्रदान गरे ।
कार्यक्रममा प्रमुख अथिति प्रदेश नम्बर ३ का सभासद कल्पना नेपालीले देशभर भइरहेको महिला उत्पीडन, बलात्कार, हिंसा तथा चेलीबेटी बेच बिखन बिरुद्द उत्रन आब्हान गरिन ।
यतिबेला महिलाहरुमाथि जतिबेला पनि हिंसा र दुब्र्यवहार हुने भन्दै महिलाहरु सचेत र चनाखो हुनु पर्ने बताइन । उनले एरोविक्सका माध्यमबाट आफूलाई शारीरिक रुपमा तन्दुरुस्ती राख्न सकिने पनि बताइन ।
कार्यक्रममा स्टार कलिउडका कलाकार र एन डि एरोविक्सका प्रशिक्षार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरे । साथै नयन डिसी र विनिता पुन मगरको नृत्यले माहोल तताएको थियो ।
आतिश लामाको सेलो गीतको प्रस्तुतीमा सहभागीहरुले मजा लिएका थिए । कार्यक्रममा पत्रकार महेश गौतम, सूर्य चन्द, अच्युत रेग्मी कलाकारहरु विनिता परियारलगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्