Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


चीन शक्तिको होडमा छैन : राष्ट्रपति सी


910
Shares

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले कसैमाथि बर्चश्व जमाउने चीनको डीएनए नरहेको दाबी गर्नुभएको छ ।

दक्षिण अफ्रिकाको जोहनेसवर्गमा आयोतिज ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मलित ब्रिक्स राष्ट्रहरुको सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले शक्तिको होडमा उत्रने वा क्षेत्रीय द्वन्द सिर्जजना गर्ने चीनको चाहना नभएको बताउनुभयो ।

चीन इतिहासको पक्षमा बलियो गरी उभिने र सर्वजन हितायको सिद्धान्तमा चल्ने पनि प्रष्ट पार्नुभयो ।

राष्ट्रपति सीले ब्रिक्स संगठनलाई अरु बढी विस्तार गरी विश्वमा समान वितरणका लागि मार्ग निर्देशन गर्न सक्नुपर्नेमा पनि जोड दिनुभयो ।