
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामाकरणको विषयमा स्वर्गीय प्रदीप गिरीले दिएको विचारसँग नेपाली कांग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताउनुभएको छ ।
सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रदीप गिरीको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामाकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको उल्लेख गर्नुभयो ।
महामन्त्री थापाले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मको लागि रोक्न सकिने गिरीको विचार कांग्रेस जस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । उहाँले प्रदीप गिरीको विचारलाई जम्मा गरेर कांग्रेसले राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि कांग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने बताउनु भयो ।
महामन्त्री थापाले कांग्रेसलाई बदल्न पार्टी सदस्यता र उम्मेदवार छनोट प्रक्रिया बदल्न आवश्यक रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्