२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


सुन तस्करीको अनुसन्धान सिआईबीलेनै टुंगोमा पुर्‍याउँने गृहमन्त्री श्रेष्ठको दाबी


195
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नै टुंगोमा पु¥याउने बताउनुभएको छ ।

आइतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले । सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीलेनै यसलाई टुंगोमा पुर्‍याउने दाबी गर्नुभयो । उहाँले संसद गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो । राम्रोसँग छलफल भएको छ, आजनै निस्कर्षमापुगेको छैन । तर छलफल सकारात्मक छ । हामीलाई विश्वास छ, भोलिसम्ममा निस्कर्ष सकारात्मक निस्केला र पर्सिसम्ममा सदन खुल्लाकी भन्ने आशावादी छौँ । सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको छ । सिआईबीले नै यसलाई टुंगोमा पुर्‍याउनेछ ।’

फरक प्रसंगमा गृहमन्त्री श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा आफूले भारतबाट आउनुभएका आध्यात्मिक गुरु धीरेन्द्र शास्त्रीसँग भेट गरेको बताउनु भयो ।