२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


आयोजक अष्ट्रेलियालाई हराउँदै स्वीडेन तेस्रो स्थानमा


2.132k
Shares

काठमाडौं । आयोजक अष्ट्रेलियामाथि सहज जित दर्ता गर्दै स्वीडेनले फिफा महिला विश्वकप फुटबल २०२३ मा तेस्रो स्थान हासिल गरेको छ ।

ब्रिसवनमा शनिबार अष्ट्रेलियालाई २–० ले पराजित गर्दै स्वीडेनले तेस्रो स्थान हासिल गरेको हो ।

स्वीडेनको सहज जितमा फ्रिडोलिना रोल्फो र कोसोभारे एस्लानीले गोल गरिन् । जितसँगै स्वीडेनले पछिल्लोपटक १२ नोभेम्वर २०२२ मा भएको मैत्रीपूर्ण खेलमा भोगेको ४–० को हारको बदला लिएको छ ।

यसपटकको फाइनलमा इंग्ल्यान्ड र स्पेनबीच आइतबार प्रतिस्पर्धा हुँदैछ । यो खेल स्टेडियम अष्ट्रेलिया सिड्नीमा हुनेछ ।

स्पेनले स्वीडेनलाई २–१ ले तथा इंग्ल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा स्थान सुरक्षित गरेको छ ।