Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


जलवायु परिवर्तनमा नेपालले प्रभावकारी काम गर्न सकेन : वनमन्त्री महतो


130
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनमा नेपालले प्रभावकारी तवरबाट काम गर्न नसकेको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा वनमन्त्री महतोले कानन, योजना नभएका कारण जलवायु परिवर्तनमा नेपालले राम्रोसँग काम गर्न नसकेको बताउनुभएको हो । उहाँले अन्तर मन्त्रालय समन्वय नहुँदा पनि जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न अफ्ठ्यारो भइरहेको बताउनुभयो ।

मन्त्री महतोले कार्बनमा काम गर्ने कुनै संयन्त्र नै नभएको बताउनुभयो । उहाँले जलवायु, वातावरण लगायतसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनमा बुझ्दै नबुझीकनन हस्ताक्षर गर्दा समस्या सिर्जना भएको बताउनुभयो । उहाँले जंगली जनावरको संख्या बढाएपनि यसको संरक्षणमा चुनौति खडा भएको बताउनुभयो । मन्त्री महतोले बाघको संख्या उल्लेख्य बढाएपनि संरक्षण गर्न ठूलो चुनौति देखिएको बताउनुभयो ।

अहिले विदेशीले भनेको कुरामा हस्ताक्षर गर्दा जंगलमा भएको जनावर र मानिसबीच द्वन्द्वको अवस्था सृजना भएको बताउनुभयो ।