२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन


195
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिले वन पैदावारको व्यवस्थित उपयोगमा प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले वन पैदावारको व्यवस्थित उपयोगका लागि भएका कानूनहरुलाई समसायिक बनाउन निर्देशन दिएको हो ।

समिति सभापति प्रकाश पन्थले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीतिहरु बनाउन र कानूनहरु समसामयिक बनाउनुपर्ने सुझाव दिएको बताउनुभयो । उहाँले जलवायु परिवर्तन र यसले पुर्‍याएको असर तथा प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

सभापति पन्थले विश्व जलवायु सम्मेलनमा नेपालले प्रभावकारी तवरबाट सहभागी हुने गरी मुद्दाहरु विश्वसामु उठाउन र आपसी सहयोग गरी तयारी गर्न वन मन्त्रालयलार्ई निर्देशन दिनुभयो ।