
काठमाडौं । पूर्वी क्षेत्रको यातायात व्यवस्थापनका लागि पूर्व यातायात व्यवस्थापन प्रा.लि. सुरु भएको छ ।
नारायणी नदी पूर्वका क्षेत्रका यातायातहरुको व्यवस्थापन कमजोर भएको भन्दै आजबाट पूर्व यातायात व्यवस्थापन प्रा.लि. काठमाडौंको नयाँ बसपार्कमा कार्यलय स्थाना गरी शुरु गरिएको हो ।
नारायणी पूर्वको बसको व्यवस्थापनको लागि भन्दै पूर्व यातायात व्यवस्थापन प्रा.लि.आजबाट दर्ता गरेको प्रा.लि.का अध्यक्ष रजन रोक्काले बताउनुभयो । उहाँले अब छरिएर रहेका पूर्वका यातायातको व्यवस्थापनमा विशेष जोड दिने बताउनुभयो । उहाँले काठमाडौं महानगरको योजना र सरकारको नियमको पालना गर्न पनि प्रा.लि. आधिकारि रुपमा दर्ता गराइ यातायात व्यवस्थापन गर्न लागेको बताउनुभयो ।
त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले प्रा.लि.ले पूर्वाञ्चल क्षेत्रमा अव्यवस्थित यातायातलाई व्यवस्थित बनाउने बताउनुभयो । उहाँले पूर्वाञ्चल क्षेत्रमा रहेका छरिएरका यातायातलाई व्यवस्थापन गर्न नारायणी पूर्व र नारायणी पश्चिमलाई छुट्याएर यातायात व्यवस्थापन गर्ने नीति लिएको बताउनुभयो ।
उहाँले पूर्व यातायात व्यवस्थापन प्रा.लि.ले अब चाडवाडलाई लक्षित राखेर पनि यातायात व्यवस्थापन गर्ने काममा लाग्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्