२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


नेपाल-भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्छ : अध्यक्ष राउत


299
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले नेपाल-भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्ने बताउनुभएको छ ।

बुधबार नेपाल-भारतमैत्री समाजको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्ध व्यापारीक र कर्मचारी तहमा मात्रै नभई दुई देशका जनताहरु एक अर्कासँग नजिक भएपछि मात्रै सुमधुर बन्ने बताउनुभएको हो ।

अध्यक्ष राउतले दुई देशको मैत्रीपूर्ण सम्बन्ध व्यापारीक र कर्मचारीस्तरको मात्रै रहेर नहुने भन्दै सीमा क्षेत्रको समस्या सुधार अहिलेको आवश्यकता रहेको औंल्याउनुभयो । राउतले कार्यक्रमहरु मात्रै गरेर सम्बन्ध सुधार नहुने भन्दै प्राविधिक विषयहरुको पनि हल खोज्नुपर्ने बताउनुभयो । उहाँले भारत-नेपालको मैत्रीपूर्ण सम्बन्धको लागि सन् २०१२ मा दिल्लीको जन्तरमन्तरमा अनसन बसेको बताउनुभयो ।

अध्यक्ष राउतले सो समयमा प्रधानमन्त्री नरेन्द्र मोदीलार्ई १३ बुँदे ज्ञापनपत्र समेत बुझाएको स्मरण गर्दै सीमा क्षेत्रको समस्या हल गर्नुपर्ने आवश्यता रहेको औंल्याउनुभयो ।

राउतले भारतीय स्वतन्त्रता आन्दोलन शान्तिपूर्ण रुपमा भएको भन्दै यो आन्दोलनले विश्वमै लोकतन्त्रको सन्देश दिएको बताउनुभयो ।