
गोरखा, भदौ २३ । उत्तरी गोरखाको सिर्दिबासमा १० किलो अवैध सुनसहित दुईजना पक्राउ परेका छन् ।
चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासमा चेकजाँचकाक्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिमल बस्नेतले जानकारी दिए ।
पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका–७, छेकम्पारका घर भएका मुटुक लामा र लोप्सान तेन्जे लामा रहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।
‘चेकजाँचकाक्रममा प्रहरीको टोलीले खानतलासी गर्दा उनीहरुको साथबाट अवैध सुन बरामद गरेको हो’–प्रहरी उपरीक्षक बस्नेतले भने ।
यसअघि, गोरखाको उत्तरी क्षेत्र हुँदै नेपालमा सुनको तस्करी भइरहेको आशंकामा प्रहरीले गहिरो अनुसन्धान गर्दै आएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्