Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ


11.7k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र किर्ते गरेको अभियोगमा प्रहरीले मंगलबार सिटिजन्स बैङ्कका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनीषा मास्के, गोमा ज्ञवाली मणिग्राम शाखा, कल्पना खत्री कालिकानगर शाखा, प्रतीक्षा रेग्मी कालिकानगर शाखा, खिमडा गौतम बुटवल शाखा तथा दीपक विष्ट, नागरिक बैङ्क मुद्द रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका ६ जनामध्ये दीपक विष्टलाई काठमाडौँबाट र अन्यलाई रुपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।