१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


निर्माण व्यवसायीलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत : अर्थमन्त्री महत


507
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरुलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत भएको बताउनुभएको छ ।

सोमबार आन्दोलनरत निर्माण व्यवसायीहरुसँग छलफल गर्दै अर्थमन्त्री महतले अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी नरोकेको बताउनुभएको हो । उहाँले सरकारले गत आर्थिक वर्षमा नै धेरै निर्माण व्यवसायीहरुले पाउनुपर्ने रकमको भुक्तानी गरेको भन्दै अर्थ मन्त्रालय र अर्थमन्त्रीले भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत भएकोे बताउनुभयो ।

अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेटमार्फत पनि भुक्तानी गर्न नसक्ने भए सम्बन्धित मन्त्रालयले वितरण पेस गरे सबै भुक्तानी गर्ने बताउनु भयो । उहाँले सरकारले व्यवसायीहरुलाई गर्नुपर्ने भुक्तानीको दायित्व पूरा गर्न तयार रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले सम्बन्धित मन्त्रालयले कुन आयोजनाको कति भुक्तानी बाँकी रहेको विवरण आय पेस गरेसँगै सबै भुक्तानी हुने बताउनुभयो । उहाँले सरकारले तिर्नुपर्ने दायित्व पूरा गर्छु भनेको कुरा समाचारहरुमा नआएर भुक्तानी गर्न सकिँदैन भनेको कुरा प्राथमिकतामा राखेर आएको बताउनुभयो ।

अर्थमन्त्री महतले निर्माण व्यवसायीहरुका भुक्तानी बाहेकका अन्य मागहरु जटिल रहेको भन्दै वार्ता कमिटिले व्यवसायीहरुसँग वार्ताको माध्यमबाट समाधान खोज्ने बताउनु भयो । उहाँले व्यवसायीहरुको अधिकांश रकम भुक्तानी भइसकेको भन्दै केही बाँकी रहेको भुक्तानी पनि चाँडै गर्ने बताउनुभयो ।

अर्थमन्त्री महतले राज्यको तर्फबाट गर्नसक्ने माग सम्बोधन गर्ने भन्दै निर्माण व्यवसायीलाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गर्नुभयो । उहाँले विषय वस्तुलाई लम्ब्याएर भन्दै पनि वार्ता र छलफलको माध्यमबाट समाधान खोज्न आवश्यक रहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीहरुको आन्दोलनको विषयमा प्रधानमन्त्री तहमा समेत छलफल भएको बताउनुभयो ।