Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सुन तस्करीको सत्य बाहिर आउँछ भनेर सरकारले सांसद शर्मालाई हत्कडी लगायो : अध्यक्ष ओली


1.6k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरमा सरकारले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस सांसद सुनिल शर्मालाई सुन तस्करीबारे बोलेपछि सरकारले पक्राउ गरेको जिकीर गर्दै ओलीले आफ्नो पार्टीका सांसदहरुलाई पनि बोल्न नदिन कांग्रेस सांसदहरु संसद बैठकमा उठ्न थालेको दाबी गर्नुभएको हो ।

नेपाली कला साहित्य डटकमले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार आफैं सो प्रकरणमा संलग्न रहेकाले उसले सत्य बाहिर आउने डरले यसबारे बोल्ने जो कोहीलाई पनि सांसद शर्मालाई जस्तै हत्कडी लगाईदिने चेतावनी दिएको बताउनुभयो । उहाँले भारतले पनि सो सुन प्रकरणबारे गम्भिर प्रश्न उठाएको उल्लेख गर्दै त्यसको सत्य पत्ता लगाउने काममा आफ्नो पार्टी लागि परेको बताउनुभयो ।

अध्यक्ष ओलीले आफूले जतिसुकै राम्रो काम गरेपनि हमला हुने गरेको गुनासो समेत गर्नुभयो । राजनीति सबै नीतिको मुल नीति भएकाले आफूले सत्य उजागर गर्ने कुरालाई भने नछोडने उहाँको भनाई थियो ।