
काठमाडौं । नेपालमा दोस्रो पटक जंगली च्याउ पर्यटन यात्रा सम्पन्न भएको छ ।
यस वर्ष अन्नपूर्ण क्षेत्रमा ७ जना अमेरिकी पर्यटक र नेपाली च्याउ विज्ञहरुले पदयात्रा गरि जंगली च्याउको अवलोकन गरेका हुन् ।
च्याउको पारिस्थितिक प्रणालीमा खलल नपुयाई वैज्ञानिक अनुसन्धानको रुपमा प्रयोग नगरी विशुद्ध रुपमा पर्यटकिय हिसाबले जंगली च्याउको अवलोकन गरिएको हो ।
जंगली च्याउ विशेषज्ञ डा. शिव देवकोटाले पदयात्राबाट जंगली च्याउ अवलोकन गर्दा १२० भन्दा बढी च्याउ रेर्कड गरिएको र यसको थप अनुसन्धान गर्न बाँकी रहेको जानकारी दिनुभयो । अन्नपूर्ण क्षेत्रको लमजुङ्ग, मनाङ्ग, मुस्ताङ्ग र थोराङ्गलामा सो जंगली च्याउ फेला परेको उहाँको भनाई छ ।
अमेरिकी पर्यटकले स्थानीय च्याउ आफैले पकाएर खाएको र जसले गर्दा स्थानीय पर्यटनमा समेत टेवा पुगेको बताइएको छ । अवलोकन भ्रमणको क्रममा विषालु जंगाली च्याउको बारेमा स्थानीयलाई जनचेतना समेत दिएको थियो ।
नेपालको च्याउको अनुसन्धान भएको करिब २ सय वर्षको इतिहास भएपनि च्याउ पर्यटकका लागि यो भर्जिन ल्यान्ड भएको सहभागि पर्यटकले बताएका छन् । अफ सिजन टुरिजमको अवधारणा अन्तरगत गत वर्ष मनसुन सिजनमा नेपालको पर्यटन इतिहासमा पहिलो पटक जंगली च्याउ पर्यटन शुरु गरेको थियो ।
गत वर्ष काठमाडौंबाट सल्लेरी हुँदै सगरमाथा आधार शिविरसम्मको पदयात्रा जंगली च्याउ पर्यटन भएको थियो । च्याउ पर्यटनले नेपालको पर्यटकिय क्षेत्रमा नयाँ सम्भाव्यताको ढोका खोलेको सहभागि पर्यटन व्यवसायीले बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्