१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


शेयर बजार आज ४१ अंकले वृद्धि


338
Shares

काठमाडौं । पछिल्ला दिन वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा बुधबार ४१ अंकको वृद्धि भएकाे छ ।

दिनभर स्थिरजसो रहेको नेप्से अन्तिम समयमा ४१ अंकले उकालो लागेर २ हजार ६० पुगेर थामिएको हो ।

अधिकांश समूहमा हरियाली छाउँदा कारोबार भने २ अर्ब तलै सीमित रह्यो । मात्र नगन्य अंकले सामूहिक लगानी कोष बाहेक बाँकी सबै समूह उकालो लागेका हुन् ।

पछिल्ला दिन उच्च गिरावट आएका व्यापार, होटल, वित्त समूहमै उच्च साढें ३ प्रतिशत हाराहारीको वृद्धि आयो । बीमा र अन्य समूहमा पनि ३ प्रतिशत बराबरको वृद्धि आयो । बाँकी समूहमा पनि डेढ प्रतिशत हाराहारीको सुधार आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६५ कम्पनीको ५० लाख १० हजार कित्ता शेयर १ अर्ब ८९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन २ सय कम्पनीको शेयरमूल्य बढ्दा जम्मा १८ को घट्यो । यसदिन हिमालय लघुवित्त, सुपर मादी हाइड्रो, मनकामना स्मार्ट लघुवित्त, मन्दाकिनी हाइड्रोका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।