३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन


169
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिराबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिनु भएको हो ।

प्रधानमन्त्री दाहालले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण ढंगले सक्रिय हुन पनि निर्देशन दिनु भएको छ । वर्षाका कारण आएको बाढीपहिराले मुलुकका विभिन्न ठाउँमा जनधनको क्षति पुर्‍याएको छ ।

काठमाडौँ उपत्यकामा समेत बाढी र डुबानको समस्या देखिएको छ । अन्य धेरै जिल्लामा सर्वसाधारण प्रभावित भएका छन् भने सडक पहिराले अवरुद्ध बनेका छन् ।