Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


बालुवाटारमा सभामुखसहित तीन दलका शीर्ष नेताको बैठक


286
Shares

काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा तीन दलका शीर्ष नेतारुको बैठक सुरू भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेतारुको बैठक सुरू भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।

सय किलो सुन तस्करी प्रकरणमा विज्ञहरुसहितका उच्च स्तरीय छानविन समिति माग गर्दै एमालेले दुवै सदनका बैठकहरु अवरुद्ध गरिरहेको छ ।

संसदको अवरोध खुलाउन सोमबार सभामुख देवराज घिमिरेले पनि शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।