२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


सिन्धुलीमा विभिन्न सडक अवरुद्ध


8.632k
Shares

सिन्धुली । सिन्धुलीमा वीपी राजमार्ग, मदन भण्डारी र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

वीपी राजमार्ग अन्तर्गत सिन्धुली बर्दिबास सडक खण्डका विभिन्न स्थानमा खहरेले अवरोध गर्नुका साथै ठाउँ ठाउँमा पहिरो गएको छ । यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मी सम्म विभिन्न स्थानमा पहिरो गएपछि लोकमार्ग अवरुद्ध भएको हो ।

सिन्धुलीको कमला र मरिणनदीको बाढीले स्थानीय किसानहरुको खेतीयोग्य उर्वरा जग्गाहरुको कटान सुरु गरेको छ । लगातारको वर्षापछि कमलानदीमा आएको बाढीले खतराको तह पार गरेको छ ।

कमलानदीको बाढीले खतराको तह पार गरेकाले कमलामाई नगरपालिका र दुधौली नगरपालिकाका निपाने, हत्पते, डकाहा, हर्षाही, टाँडी, लदाभीर, दुधौली कर्था, लगायतका डुबान हुने क्षेत्रमा उच्च सर्तकता अपनाउन सिन्धुली प्रशासनले आग्रह गरेको छ ।

चदाहा नदीमा आएको बाढीले तीनपाटन गाउँपालिका पाटन फाँटमा धानखेतमा कटान सुरु गरेको छ ।