१० फाल्गुन २०८०, बिहिबार | Fri Feb 23 2024


आँखा पाक्ने रोगका कारण दाङका विद्यालय एक साता बन्द


1.313k
Shares

दाङ । दाङको गढवा गाउँपालिकाका आँखा पाक्ने रोगका कारण संस्थागत विद्यालयहरु एक साताका लागि बन्द हुने भएका छन् ।

गाउँपालिकाले सुचना जारी गर्दै पालिका तथा समुदायस्तरका बालबालिकामा आँखा चिलाउने,रातो हुने तथा आँखा पाक्ने समस्या दिनप्रतिदिन बढ्दै गएको भन्दै विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

त्यस्तै, विद्यार्थीमा हुनसक्ने थप जोखिमलाई मध्यनजर गर्दै साउन २८ गतेसम्मका लागि पालिका भरका संस्थागत विद्यालय बन्द गर्न आग्रह गरिएको छ ।

यसैगरी, आँखामा सङ्क्रमण फैलिएपछि चितवनको भरतपुर महानगरपालिकाले पनि ५ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको हो ।