२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


दक्षिण अफ्रिकालाई हराउँदै क्वार्टरफाइनलमा पुग्यो नेदरल्यान्ड्स


169
Shares

काठमाडौं । दक्षिण अफ्रिकालाई २–० गोलले हराउँदै नेदरल्याणन्ड्स अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नेदरल्याणन्ड्सलाई क्वार्टरफाइनलमा पुर्‍याउन जिल रुडले नवौं तथा लिनेश बीरेन्स्टेनले ६८ औं मिनेटमा गोल गरे ।

समूह चरणको अन्तिम खेलमा इटालीलाई पराजित गरेको भएपनि दक्षिण अफ्रिकाले नेदरल्याणन्ड्सविरुद्ध त्यो प्रदर्शन दोहोर्‍याउन सकेन ।

नेदरल्याणन्ड्सले अव क्वाटरफाइनलमा स्पेनको सामना गर्नेछ । स्वीट्जरल्याण्डलाई ५–१ ले पराजित गर्दै स्पेनले क्वार्टरफाइनलमा स्थान बनाएको छ ।