काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामति ऐन आगामी मन्त्रीपरिषद्को बैठकमा पेस हुने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय निजामति ऐनको ड्राफ्ट सकिसकेको र आगामी मन्त्रीपरिषद्को बैठकमा पेस गर्ने बताउनु भयो । उहाँले ढुङ्गा–गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्ला–बेग्लै विधेयक पनि आगामी मन्त्रीपरिषद्को बैठकमा पेस गर्ने तयारी रहेको बताउनुभयो ।
मन्त्री मोदीले आफू मन्त्री बनेको दिनबाट नै संघीय निजामति ऐन ल्याउनैपर्छ भनेर काम गरेकाले अहिले सबै तयारी सकिसकेको र मन्त्रीपरिषद् हुँदै संसदा पेस गर्ने तयारी रहेको बताउनुभयो । उहाँले सरकार अहिले सुशासनमा बढी जोड दिएर काम गरिरहेको बताउनभयो ।
मन्त्री मोदीले शक्तिकेन्द्रको पछि लागेर रोजेको ठाउँमा मात्रै बस्ने कर्मचारीहरुबाट सुशासन हुन नसक्ने बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्